०८ असार २०८३, सोमबार

मंसिरमा उपनिर्वाचन गर्न दलहरूको सुझाव

मंसिरमा उपनिर्वाचन गर्न दलहरूको सुझाव

काठमाडौं – निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठकमा दलहरूले मंसिरमा उपनिर्वाचन गर्न उपयुक्त हुने सुझाव दिएका छन् । 

आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त रहेका ४७ स्थानका लागि उपचुनाव तयारीका सन्दर्भमा बिहीवार बिहान ११ बजे सर्वदलीय बैठक बोलाएको थियो ।

‘१८ दलहरूलाई बोलाइएको थियो १४/१५ मात्र आउनुभयो,’ लोकान्तरसँग कुरा गर्दै निर्वाचन आयोगका उपसचिव सूर्यप्रसाद अर्यालले भने, ‘ठूला दलहरू सबै उपस्थित हुनुभयो । प्रायः सबै दलहरूले मंसिरमा उपनिर्वाचन गर्न उपयुक्त हुने सुझाव दिनुभएको छ ।’ 

बैठकमा निर्वाचन आचारसंहिता र खर्च कटौतीका विषयमा पनि छलफल भएको अर्यालले बताए । 

‘उहाँहरूले आयोगलाई पूरापूर सहयोग गर्छौं भन्नुभएको छ,’ अर्यालले भने, ‘हामीले चाहिँ दलहरूलाई स्थानीय, प्रादेशिक र संघीय उपनिर्वाचनका विषयमा भएका कानूनी व्यवस्थाका बारेमा जानकारी गरायौं ।’

salt training

कमेन्ट गर्नुहोस्