०२ असार २०८३, मंगलबार

सैनिक पोसाक लगाउन नागरिकलाई निषेध !

साउन १७, २०७६
सैनिक पोसाक लगाउन नागरिकलाई निषेध !

काठमाडौं– नेपाली सेनाले प्रयोग गर्ने पोसाकको जथाभावीरुपमा प्रयोग हुन थालेपछि सरकारले नेपाली सेनासँग मिल्दो कपडा बिक्रीमा रोक लगाउन देशभरका स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । 
आजको नेपाल समाचारपत्र दैनिक लेख्छ–आम नागरिकले नेपाली सेनाले प्रयोग गर्ने पोसाक जथाभावीरुपमा प्रयोग गर्न थालेपछि बिक्री–वितरण र प्रयोगमा रोक लगाउन गृह मन्त्रालयले स्थानीय प्रशासनलाई निर्देशन दिएको हो । 
पछिल्लो समय नेकपा विप्लव समूहले समेत सेनाले प्रयोग गर्ने पोशाक लगाएर विस्फोट गराउने, प्रहरीमाथि आक्रमण गर्नेजस्ता गतिविधि गरेपछि सरकारले सैनिक पोसाकको प्रयोगमा निषेध गर्ने नीति लिएको पनि समाचारमा उल्लेख छ । 
 

salt training

कमेन्ट गर्नुहोस्