काठमाडौं, १४ चैत — अमेरिकाको समर्थन प्राप्त सिरियाली कुर्दिश र अरबी लडाकुहरूले इस्लामिक स्टेट (आईएस) को कब्जामा रहेको एयरबेसको पूर्ण नियन्त्रण लिएको बताएका छन् ।

जिहादीहरूलाई शहरबाट बाहिर धपाउनमा यो नियन्त्रण एक महत्त्वपूर्ण कदम रहेको मानिएको छ किनकि रक्का उनीहरूको राजधानीको रूपमा रहेको थियो ।
सिरियन डेमोक्रेटिक फोर्सेसका प्रवक्ता तलाल सेल्लोले लडाकुहरूबाट तब्का विमानसथल कब्जामा लिएको बताए ।
कुर्दिश नेतृत्वका लडाकुहरू शहरतर्फ अघि बढिरहेका छन् ।
तर उक्त क्षेत्रमा अझै फँसेका नागरिकको सुरक्षा चिन्ताका बारेमा नागरिक अधिकार समूहहरूले चिन्ता व्यक्त गरेका छन् ।
गठबन्धन हवाई आक्रमणका कारण गत हप्ता मात्र कम्तीमा ८९ नागरिक मारिएको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले जनाएको छ ।
बीबीसीबाट