३१ जेठ २०८३, आइतबार

रणवीर सिंह र दीपिका पादुकोण सँगै देखिन चाहँदैनन्, ब्रेकअपको संकेत ?

कात्तिक २०, २०७४
रणवीर सिंह र दीपिका पादुकोण सँगै देखिन चाहँदैनन्, ब्रेकअपको संकेत ?
काठमाडौं, १४ चैत — रणवीर सिंह आफ्नो बिन्दास शैलीका लागि परिचित छन् र उनले आफ्नी प्रेमिका दीपिका पादुकोणका बारेमा जहिल्यै नहिचकिचाई कुरा गर्ने गरेका छन् ।


तर अहिले रणवीरले दीपिकासँग फोटो खिचाउन मानिरहेका छैनन् र उनीसँग सार्वजनिक समारोहमा सँगै देखिन पनि चाहेका छैनन् ।

दीपिका र रणवीरले फोटोमा सँगै नदेखिन ठूलै प्रयास गरिरहेको एक मनोरञ्जन अनलाइनले पनि लेख्यो ।

दीपिकाले भाग लिएको एचटी मोस्ट स्टाइल अवार्डमा रणवीर गएनन् भने शाहिद कपूरको पार्टीमा पनि एकअर्कालाई नभेट्ने गरी योजना बनाए ।

त्यसोभए उनीहरूको ब्रेकअप हुन लागेको हो त ?

खासमा पद्मावती फिल्मका निर्देशक सञ्जय लीला भन्सालीले रणवीर र दीपिकालाई सँगै नदेखिन कडा निर्देशन दिएका छन् । पद्मावतीको प्रमोसनका बेलामा सँगै देखिएपनि अहिले चाहिँ सँगै नदेखिनू भनी भन्सालीले चेतावनी दिएका छन् ।

त्यसैले रणवीर र दीपिकाको सम्बन्ध कायम छ । भन्सालीको निर्देशनमा मात्र उनीहरू छुट्टिएको जस्तो देखिएका हुन् ।

एजेन्सीको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्