१४ असार २०८३, आइतबार

टोखा टोल सुधार समितिलाई मुक्तिनाथ विकास बैंकले हस्तान्तरण गर्‍यो डस्टबिन

टोखा टोल सुधार समितिलाई मुक्तिनाथ विकास बैंकले हस्तान्तरण गर्‍यो डस्टबिन

काठमाडौं– मुक्तिनाथ विकास बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत डाँफे टोल विकास संस्था, टोखा काठमाडौंलाई डस्टबिन हस्तातरण गरेको छ । टोखा–६,  डाँफे बजार वरिपरिको सरसफाइमा ध्यान दिँदै बैंकले डस्टबिन वितरण गरेको हो । 

उक्त डस्टबिन मुक्तिनाथ विकास बैंक लि. टोखा शाखाका प्रमुख दिनेश पन्तले डाँफे टोल विकास संस्थाका अध्यक्ष किरणदेव पन्तलाई हस्तातरण गरेका हुन् । 

मुक्तिनाथ विकास बैंक लि.ले देशैभरी ११८ वटा शाखा, २२ वटा एटीएममार्फत करीब ७ लाख ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, मोबाइल बंैकिङ सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटीएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवा उपलब्ध गराएको छ ।

हालै मात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बिमामा आबद्ध गरी जीवन वरदान बचत खाता तथा, आकर्षक सुविधा र ब्याजदरमा आवास तथा शेयर कर्जा सञ्चालनमा ल्याएको छ । 

salt training

कमेन्ट गर्नुहोस्