२२ जेठ २०८३, शुक्रबार

यी हुन् संसारकै सबभन्दा सुन्दर हजुरआमा

कात्तिक २०, २०७४
यी हुन् संसारकै सबभन्दा सुन्दर हजुरआमा

काठमाडौं — तलको तस्वीरमा देखिएकी महिला संसारकै सबभन्दा तरुनी र ग्ल्यामरस हजुरआमा हुनुपर्छ ।


जकलिना नाम गरेकी फेशन ब्लगर ४७ वर्षकी भइन् र उनी सामाजिक सञ्जालकी हिट सेलिब्रिटी हुन् ।

दुई नातिनातिनाकी हजुरआमा जकलिना सर्बियामा जन्मेकी हुन् र सामाजिक सञ्जालमा उनको नाम रियलफेशनिस्ट हो । उनी विभिन्न कपडामा सजिएर फोटो पोस्ट गरिरहन्छिन् अनि उनका फलोवरहरू त्यसको रेटिङ गर्छन् ।

उनीभन्दा निकै कम उमेरका मोडेलहरूका लागि उनी ईर्ष्याकी पात्र हुन् ।

अहिले इटालीमा बस्ने जकलिना लत्ताकपडा, घडी र कालो चश्माको फेशन गरिरहन्छिन् ।





मिररबाट

salt training

कमेन्ट गर्नुहोस्