
काठमाडौं – गुडिरहेको मोटरसाइकलबाट खस्दा १ युवतीको मृत्यु भएको छ ।
टोखा नगरपालिका–९ नयाँ बसपार्क नजिक आइतवार बिहान बा५३प ९६५४ नम्बरको मोटरसाइकलमा सवार १९ वर्षीय रानी श्रेष्ठको मृत्यु भएको हो ।
महानगरीय प्रहरी प्रभाग गोंगबुका प्रमुख, प्रहरी निरीक्षक सन्तोषसिंह दाहालले मोटरसाइकलको पछाडि बसेकी श्रेष्ठ म्याग्दी चोक नजिक खसेर बेहोस भएपछि उपचारका क्रममा विनायक अस्पताल गोंगबुमा लैजाँदा मृत्यु भएको जानकारी दिए ।
मोटरसाइकलका चालकलाई भने नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रभागले जनाएको छ ।