२२ जेठ २०८३, शुक्रबार

त्रिशूलीमा ट्रक खस्यो

त्रिशूलीमा ट्रक खस्यो
फाइल फोटो

चितवन – नारायणगढ मुग्लिन सडकखण्डको जलविरेबाट रेडबुल बोकेको ट्रक त्रिशूली नदीमा खसेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमवार बिहान करीब २ः३० बजे वीरगञ्जबाट काठमाडौं जाँदै गरेको ना५ख ५४१३ नम्बरको ट्रक त्रिशूलीमा खसेको हो । 

इच्छाकामना गाउँपालिका–६ जलविरेमा ट्रक अनियन्त्रित भई सडकबाट करीब ७० मिटर तल झरेको हो । सडकबाट तल झरेको ट्रकको खोजीकार्य जारी रहेको छ । ट्रक चालक सर्लाही जिल्ला चकरघट्टा गाउँपालिका–५ का ३२ वर्षीय मुकेश चौधरी ट्रकबाट हाम फालेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ ।

ट्रकमा अन्य मानिस भने नभएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्