२२ जेठ २०८३, शुक्रबार

धारा ३७० खारेज गरेर भाजपाले संविधानको हत्या गरेको कांग्रेसको आरोप

धारा ३७० खारेज गरेर भाजपाले संविधानको हत्या गरेको कांग्रेसको आरोप

काठमाडौं – जम्मु तथा कश्मीरका सम्बन्धमा संविधानको धारा ३७० लाई खारेज गर्ने प्रस्ताव गृहमन्त्री अमित शाहले संसदमा पेश गरेपछि विपक्षी दल कांग्रेसका नेताले सरकारको कदमको भर्त्सना गरेका छन् । 

आजादले भने, ‘हामीहरू हिन्दुस्तानको संविधानको रक्षाका लागि ज्यानको बाजी लगाउन तयार छौं तर आज भाजपाले संविधानको हत्या गरेको छ ।’

धारा ३७० खारेज गर्नुअघि जम्मु तथा कश्मीरमा धारा १४४ लागू गरेर मानिसहरूलाई भेला हुन प्रतिबन्ध लगाइएको छ, विपक्षका शीर्ष नेताहरूलाई घरैमा नजरबन्दमा राखिएको छ, सबै इन्टरनेट सेवाहरू बन्द गरिएको छ र शैक्षिक संस्थाहरू बन्द गरिएको छ । अनि उक्त क्षेत्रमा सुरक्षाबलको संख्यामा अभूतपूर्व वृद्धि गरिएको छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्