२५ जेठ २०८३, सोमबार

एक वर्षमा ७ प्रहरी बर्खास्त, ४ सय ८३ जना कारवाहीमा !

साउन २०, २०७६
एक वर्षमा ७ प्रहरी बर्खास्त, ४ सय ८३ जना कारवाहीमा !

काठमाडौं – कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि भएको हत्या अनुसन्धानमा चरम लापरवाही गरेको भन्दै प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज विष्टलाई २०७५ कात्तिक ८ गते प्रहरीले सेवाबाट हटायो ।

निर्मला हत्या प्रकरणमै प्रहरी निरीक्षक (इन्स्पेक्टर) जगदिश भट्टलाईलाई पनि प्रहरीले सेवाबाट हटाएको थियो । 

डकैतीसम्बन्धी मुद्दाका अभियुक्त संधिग्दसँग फोनमा कुराकानी गरेको अभियोगमा प्रहरी नायव उपरीक्षक (डीएसपी) कुमोद ढुङ्गेललाई गत वैशाख १९ गते प्रहरीले निलम्बन गरेको थियो । 

पछिल्लो समय सामाखुसीबाट पनि २ प्रहरी रंगेहात पक्राउ परेका थिए, उनीहरू पनि निलम्बनमा परेका छन् ।

यी त उदाहरण मात्र हुन् ।

आर्थिक वर्ष २०७५/०७६ मा प्रहरी निरीक्षक (इन्स्पेक्टर) १ जना, प्रहरी सहायक निरीक्षक (असई) १ जना, प्रहरी हवल्दार २ जना, प्रहरी जवान २ जना र १ जना कार्यालय सहयोगी गरि ७ जना बर्खास्तगीमा परेको प्रहरी प्रधान कार्यलयले जनाएको छ । 

आर्थिक वर्ष २०७५/०७६ मा प्रहरी निरीक्षक (इन्स्पेक्टर) १ जना, प्रहरी सहायक निरीक्षक (असई) १ जना, प्रहरी हवल्दार २ जना, प्रहरी जवान २ जना र १ जना कार्यालय सहयोगी गरी ७ जनालाई सेवाबाट हटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

प्रहरी उपरिक्षक (एसपी) १ जना, प्रहरी निरीक्षक (इन्स्पेक्टर) २ जना, प्रहरी नायव उपरीक्षक (सई) ५ जना, प्रहरी साहयक निरीक्षक (असई) ११ जना, प्रहरी हवल्दार २४ जना, प्रहरी जवान १ सय ९५ जना र कार्यालय सहयोगी ११ जना गरी २ सय ४९ जनालाई प्रहरी सेवाबाट हटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

गत आवभित्र बर्खास्तगीमा परेका, सेवाबाट हटाइएका र निलम्बनमा परेकाहरूको कुल संख्या ४ सय ८३ छ ।

प्रहरी उपरीक्षक (एसपी) १ जना, प्रहरी नायव उपरीक्षक (डीएसपी) ५ जना, प्रहरी निरीक्षक (इन्स्पेक्टर) ८ जना, प्रहरी नायव उपरीक्षक (सई) २५ जना, प्रहरी सहायक निरीक्षक (असई) २५ जना, प्रहरी हवल्दार ३० जना, प्रहरी जवान १ सय ३२  जना र  कार्यलय सहयोगी १ जना गरी जम्मा २ सय २७ जना प्रहरी कर्मचारी निलम्बनमा परेका छन् ।

के छ नियमावलीमा ?

प्रहरी नियमावलीको दफा ११३ (क) मा ‘प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउन वा बर्खास्त गर्ने सकिनेछ,’ भनिएको छ ।

‘आफ्नो पदीय जिम्मेवारी लापरवाही गरी पूरा नगरेमा, आचरणसम्बन्धी कुराहरू बराबर उल्लङ्घन गरेमा, ड्युटीको समयमा बारबार मादक पदार्थ सेवन गरेमा, बारबार अनुशासनहीन काम गरेमा, राजनीतिमा भाग लिएमा, बिदा स्वीकृति नगराई लगातार पैंतालीस दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेमा, नैतिक पतन देखिने बाहेकका अन्य कुनै फौजदारी कसूरमा दोषी ठहर भई कैद सजाय तोकिएमा,’ प्रहरी कर्मचारीलाई बर्खास्त तथा सेवाबाट हटाउन सक्ने व्यवस्था ऐनमा गरिएको छ ।

बर्खास्तगीमा परेका प्रहरीले सञ्चय कोष र बिमाबाहेक अन्य सुविधा पाउँदैनन् भने सेवाबाट हटाइएकाले उपदान, पेन्सन लगायतका सुविधा पाउने ऐनमा व्यवस्था छ ।

प्रहरीलाई बलियो र विश्वासिलो बनाउन कारवाही !

संगठनलाई बलियो, सुदृढ र विश्वासिलो बनाउन संगठन भित्र भएका खराब आचरणका व्यक्तिलाई कारवाही गर्ने गरिएको प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखल बताउँछन् ।

‘कमी कमजोरीलाई औंल्याएर, कमी कमजोरीलाई सच्चाउनका लागि कारवाहीले ठूलो मद्दत गर्छ,’ उनले लोकान्तरसँग भने ।

नराम्रो गर्नेलाई कारवाही मात्र नभएर राम्रो गर्नेलाई पुरस्कृत पनि गर्ने गरिएको उनले बताए । ‘कारवाहीमा पर्ने भन्दा पुरस्कृत हुने प्रहरी कर्मचारीको संख्या दुई गुणा छ,’ डीआईजी पोखरेलले भने ।

संठनलाई विश्वासिलो बनाउन कारवाहीसँगै राम्रो काम गरेकाहरूलाई पुरस्कृत पनि गर्ने गरिएको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्