
काठमाडौं – अन्तर्राष्ट्रिय गल्फ आयल इन्टरनेशनलको आधिकारिक वितरक नेपाल ल्युब आयल लिमिटेडले हालै डिलर सम्मेलन सम्पन्न गरेको छ ।
ललितपुर स्थित होटेल हिमालयमा आयोजना गरिएको सम्मेलन ‘क्रिएटिङ्ग ब्लुप्रिन्टन्स फर अ बेटर फ्युचर’ कम्पनीको भावी योजनामा केन्द्रित थियो । सम्मेलनमा गल्फका सम्पूर्ण डिस्ट्रिव्युटर्सहरुलाई आमन्त्रित गरिएको थियो ।
सम्मेलन दुई छत्रमा विभाजन गरी सम्पन्न गरिएको थियो । रणनीतिक छलफल सत्रमा प्रमुख व्यक्तित्वहरुले भावी योजना सम्बन्धी विषयमा छलफल गर्नुभएको थियो । भव्य रुपमा सञ्चालित यो सम्मेलनको अवार्ड वितरण गरी समापन गरिएको थियो ।
दोस्रो सत्रमा विभिन्न समूहरुमा उत्कृष्ट कार्य गरेवापत कम्पनीले आफ्ना डिलरहरुलाई सम्मानित गरेको थियो । सम्मान वितरण कम्पनीका अध्यक्ष तथा कार्यकारी निर्देशक अरुणकुमार चौधरीले गरेका थिए ।
कार्यक्रममा बेस्ट सेल्स इन टु ह्वीलर्स– नेपाल अटो ट्रेडर्स, ललितपुर, बेस्ट न्यु कमर– कर्णाली इन्टरप्राइजेज, सुर्खेत, कन्सिस्टेन्ट पफर्मर– जे एण्ड के इन्टरप्राइजेज, दमक, कन्सिस्टेन्ट पफर्मर– आर एस ट्रेडिङ्ग कावासोती, कन्सिस्टेन्ट पफर्मर– महिन्द्रा आयल एण्ड ट्रेड सन्सर्न लहान, कन्सिस्टेन्ट पफर्मर– एस आर इन्टरप्राइजेज बर्दिवास, थर्ड विलो १०० के एल– कुसुम इन्टरप्राइजेज सीतापाईला, थर्ड एबोभ १०० के एल– सयपत्री स्टोर्स धनगढी, सेकेन्ड विलो १०० के एल– डि जि ट्रेड एण्ड सेन्टर भक्तपुर, सेकेन्ड एबोभ १०० के एल– एभ ट्रेडिङ्ग प्रालि चाबहिल, फस्ट विलो १०० के एल– रवि ट्रेडर्स, नेपालगञ्ज, फस्ट एबोभ १०० के एल– न्यू भैरव लुव्रिकेसन बुटबल, फस्ट ग्लोरियस इन्ट्रान्स इन २०० के एल– न्यू भैरव लुव्रिकेसन बुटबल सम्मानित भएका छन् ।

गल्फ इन्टरनेसनलको नेपालका लागि अधिकार प्राप्त कम्पनीका रुपमा नेपाल ल्युब आयल लिमिटेड रहेको छ । नेपाल ल्युब आयल कम्पनीले अन्तर्राष्ट्रिय लुब्रिकेन्ट नेपाली बजारमा विक्री वितरण गर्दै आइरहेको छ ।
संस्थाको स्थापना सन् १९८३ मा ल्युब ब्लेन्डिङ्ग प्लान्टका रुपमा भई अन्तर्राष्ट्रिय गल्फ आयल कर्पोरेसन लि.सँगै सम्झौता भएको थियो ।नेपाल ल्युब आयल नेपालको कम्पनी ऐन २०२१ अन्तर्गत स्थापित कम्पनी हो ।
यस कम्पनीले विभिन्न सम्मान तथा पुरस्कारहरु समेत प्राप्त गरेको छ । कम्पनीले आईएसओ ९००० क्यूएमएस प्राप्त गरेको छ, यो प्रमाण पत्र पाउने नेपालका ४ वटा कम्पनीमध्ये नेपाल ल्युब आयल पनि एक हो ।
सरकारको निजीकरण अभियान अन्तर्गत २०५१–२०५२ मा कम्पनीलाई निजीकरण गरिएको थियो । कम्पनीको नेपाल अधिराज्यभर बलियो वितरण प्रणाली तथा बजारमा उत्पादनको व्यापकता रहेको छ ।