
काठमाडौं – इराकस्थित सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रतिनिधि विनोद श्रेष्ठ, कुर्दिस्तान प्रवासी नेपाली समाज सुलेमानी र हिमालयन शेर्पा युनिक ग्रूपको संयुक्त पहलमा स्तन क्यान्सर पीडित भोटेकोशी गाउँपालिका–०५ निवासी पेम्बा डोल्मा शेर्पालाई उपचारको निम्ति आर्थिक सहयोग संकलन गरिएको छ ।
संकलनबाट जम्मा भएको रकम १ लाख ९६ हजार ९६४ रुपैयाँ इराक सुलेमानीयाबाट सिटी एक्सप्रेसको अधिकारीक एजेन्ट अल ताईफमार्पmत प्राप्त भई र थप १३ हजार ३६ रुपैयाँ सिटी एक्सप्रेस मनी ट्रान्सफर काठमाडौंबाट एकमुष्ट गरी कुल रकम २ लाख १० हजार रुपैयाँ सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले उपचारको लागि क्यान्सर पीडित ४८ वर्षीय पेम्बा डोल्मा शेर्पालाई हस्तान्तरण गरे ।
विगत २ वर्षदेखि सिटी एक्सप्रेस मनि ट्रान्सफरले इराकस्थित अल ताईफ इस्लामिक बैंकसँग विप्रेषण सहकार्य गर्दै आइरहेको छ ।