१३ असार २०८३, शनिबार

काठमाडौंको मेयर उम्मेदवार  बन्न गगनले चासो देखाएनन्, यी हुन् कांग्रेसका तीन आकांक्षी

कात्तिक २०, २०७४
काठमाडौंको मेयर उम्मेदवार  बन्न गगनले चासो देखाएनन्, यी हुन् कांग्रेसका तीन आकांक्षी
काठमाडौँ, १५ चैत - ३१ वैशाखमा हुने स्थानिय तहको निर्वाचन नजिकिँदै गर्दा चुनावी माहोल तात्न थालेको छ । सरकार, निर्वाचन आयोगदेखि अन्य सबै सरोकारवाला निकायहरू निर्वाचनको तयारीमा जुटेका छन् । सहर–बजार, गाउँघर, चिया–चौतारामा समेत निर्वाचनको चर्चा हुन थालेको छ । १९ वर्षपछि हुन लागेको स्थानीय निर्वाचनमा आफ्नो अवस्था सुदृढ बनाउन राजनीतिक दलहरू तयारीमा जुटेका छन् । निर्वाचन लक्षित घोषणापत्र, प्रतिबद्धता पत्र बनाउनेदेखि उम्मेदवार चयनको मापदण्ड तय गर्ने र उम्मेदवार चयन गर्ने गृहकार्यमा दलहरू जुटेका छन्, नयाँ पत्रिकामा खबर छ ।gagan

संघीय लोकतान्त्रिक नेपालको संविधान जारी भएपछि पहिलोपटक हुनलागेको निर्वाचनबाट ४ महानगरपालिका, १३ उपमहानगरपालिका, २४६ नगरपालिका र ४८१ गाउँपालिकामा जनप्रतिनिधि चयन हुनेछन् । त्यसैले निर्वाचनको रौनक राजधानीदेखि विकट गाउँघरसम्मै चढेको छ ।

देशको राजधानी काठमाडौं र उपत्यकाभित्रकै ललितपुर महानगरपालिकाको मेयर–उपमेयर को बन्लान् भन्ने चौतर्फी चासो देखिन्छ । अझ विशेष त काठमाडौंको मेयर को बन्लान् भन्ने कौतुहलता छ ।


काठमाडौं महानगरपालिकामा कांग्रेसका तर्फबाट मेयरका लागि तीनजनाले आकांक्षा देखाएका छन् । नरोत्तम वैद्य, प्रगति रञ्जित, राजुराज जोशीले मेयरका लागि आकांक्षा देखाएका हुन् । उनीहरूले टिकट हात पार्न लबिङ गरिरहेका छन् । तीनजनामध्ये जोशी उद्योगमन्त्री नवीन्द्रराज जोशीका दाजु हुन् । उनी पौडेलपक्षीय मानिन्छन् । वैद्य र रञ्जित संस्थापन पक्षका हुन् ।

नेता कृष्ण सिटौला पक्षले स्वास्थ्यमन्त्री गगन थापालाई उम्मेदवार बनाउन चाहे पनि उनले आफ्नो कुनै आकांक्षा नरहेको बताएका छन् ।
थापा काठमाडौं क्षेत्र नं ४ का प्रत्यक्ष निर्वाचित सांसद हुन् । केन्द्रबाट उम्मेदवारसम्बन्धी मापदण्ड आइनपुगेकाले मेयरको टिकट कसलाई दिने भन्नेबारे जिल्ला समितिमा छलफल नभएको काठमाडौंका पूर्वसभापति तथा सांसद ध्यानगोविन्द रञ्जितले बताए ।

salt training

कमेन्ट गर्नुहोस्