२३ जेठ २०८३, शनिबार

भारतीय पूर्व विदेशमन्त्रीको निधनमा प्रधानमन्त्री ओली स्तब्ध

भारतीय पूर्व विदेशमन्त्रीको निधनमा प्रधानमन्त्री ओली स्तब्ध
फाइल फोटो

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका वरिष्ठ नेता तथा पूर्व विदेशमन्त्री शुष्मा स्वराजको असामयिक निधन भएको खबरले आफू स्तब्ध भएको बताएका छन् ।

सिंगापुरमा स्वास्थ्योपचार गराइरहेका प्रधानमन्त्री ओलीले ट्विट गर्दै भारत सरकार र त्यहाँका जनताका साथै शोकाकुल परिवारजनमा गहिरो सहानुभूति एवं समवेदना व्यक्त गरेका छन् ।

यसैगरी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पनि भारतका पूर्व बाह्य मामिलामन्त्री स्वराजको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

उनले दिवंगत नेत्रीलाई प्रतिवद्धता र दृष्टिकोणयुक्त व्यक्तित्वका रुपमा चित्रण गर्दै नेपाल–भारत सम्बन्ध विस्तारमा उनले निर्वाह गरेको भूमिकाको स्मरण गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्