
काठमाडौं– निरन्तर बढिरहेको रहेको सुनको मुल्यले बुधवार पनि निरन्तरता पाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको मूल्य प्रतितोला ६९ हजार ५ सय रुपैयाँ कायम गरिएको छ ।
महासंघका अनुसार बुधवार छापावाल सुनको मूल्य ६९ हजार ५ सय र तेजावी सुनको मूल्य ६९ हजार २ सय रुपैयाँ कायम गरिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेकाले त्यसको असरस्वरूप नेपालमा पनि मूल्य निरन्तर बढिरहेको महासंघका पदाधिकारीहरू बताउँछन् ।
पछिल्लो समय तीजका लागि सुन बढी खरिद हुने मौसम भएपनि सुन खरिदको मात्रा घटेको व्यवसायीहरूले बताएका छन् ।