२९ असार २०८३, सोमबार

सुतिरहेका मानिसलाई भालुले चलाएपछि त्राहिमाम (भिडियो)

सुतिरहेका मानिसलाई भालुले चलाएपछि त्राहिमाम (भिडियो)

काठमाडौं – रुसको पेट्रोपाभ्लोभ्स्क–कामचात्स्की शहरमा खुला मैदानमा सुतिरहेका दुई मानिसलाई सानो भालुले चलाउँदा उनीहरू तर्सेका छन् । 

शुक्रवार भएको यो घटनाको भिडियो पनि सार्वजनिक भएको छ । भिडियोमा भालु दुईजना भएतिर गएको अनि एकजनाको गोडामा नाक छोएको देखिन्छ । 

निद्रा भंग भएपछि उठेका मानिसले भालु देखेर जुरुक्क उठेको अनि चिच्याएको देखिन्छ । 

कालो टोपी र प्रिन्टेड ज्याकेट लगाएका व्यक्ति तर्सेको भए पनि उनका साथी चाहिँ खासै आत्तिएका थिएनन् । 

पहिलो मानिसले गइरहेको भालुतिर देखाएर साथीलाई उठाउन खोज्छन् । साथी चाहिँ केही सेकेन्डका लागि आनन्दले सुत्छन् । 

पछि चाहिँ दोस्रा व्यक्तिले पनि परिस्थिति खतरनाक हुनसक्ने देखेपछि उठ्छन् । 

उनी पछिल्तिर फर्किंदै परिस्थितिको अवलोकन गर्छन् अनि अर्का व्यक्ति चाहिँ बिस्तारै शान्त हुन्छन् । 

यो सब हुँदा सानो भालुलाई खासै फरक पर्दैन र बिस्तारै जान्छ अनि घरिघरि दुई मानिसलाई फर्केर हेर्छ पनि । 

भिडियोको अन्त्यमा भालु गइरहेको अनि मानिसहरू चाहिँ छक्क परेको देखिन्छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्