१० साउन २०८३, आइतबार

कपिलको शोमा फर्किए ‘डा. मशहूर गुलाटी’

कात्तिक २०, २०७४
कपिलको शोमा फर्किए ‘डा. मशहूर गुलाटी’

नयाँ दिल्ली, १५ चैत– भारतीय कमेडियन कपिल शर्मासँगको झगडापश्चात कार्यक्रम छोडेका भनिका सुनिल ग्रोवर (डा. मशहूर गुलाटी) पुनः कपिलकै कार्यक्रममा फर्किने भएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार डा. गुलाटी ‘कपिल शर्मा शो’को सुटिङमा गएका छन् ।

सुनिल मात्र नभई कार्यक्रमका अन्य सदस्य चन्दन प्रभाकर र अली असगर पनि कार्यक्रममा फिर्ता भएको खबर भारतीय मिडियाले प्रकाशित गरेका छन् ।

स्मरण रहोस्, केहि दिन पहिले अष्ट्रेलियाबाट दिल्ली आउने क्रममा विमान भित्रै भएको झगडा पछि डा. गुलाटीले कार्यक्रमको सुटिङ गर्न अश्विकार गरेका थिए ।

डा. गुलाटीले मात्र नभई कपिलको अभद्र व्यवहारका कारण अली असगर, चन्दन प्रभाकर र सुगन्धा मिश्राले पनि कपिलको साथ छोडिदिएको खबर सार्वजनिक भएको थियो ।

कार्यक्रममा सदस्यको कमीका भएकाले कपिलले तापसी पन्नू र मनोज बाजपेयीको कार्यक्रमका लागि राजू श्रीवास्तव, सुनिल पाल र एहसान कुरैशीलाई बोलाएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्