३० जेठ २०८३, शनिबार

लोपोन्मुख राउटे समुदायको अनुरोध : हराएका सन्तान खोजिदिनुस्

साउन २४, २०७६
लोपोन्मुख राउटे समुदायको अनुरोध : हराएका सन्तान खोजिदिनुस्

सुर्खेत – लोपोन्मुख राउटे समुदायका आफन्त हराएको भन्दै खोजी गरिदिन अनुरोध गरिएको छ ।

खासै मिडियामा आउन नचाहने राउटे समुदायले पत्रकार सम्मेलन गर्दै आफन्तको खोजी गरिदिन सरकारलाई अनुरोध गरेको छ ।

सुर्खेतको गुर्भाकोट नगपालिका–१३ वेतेनीखोलाका राउटे ३६ वर्षीय जयबहादुर शाही हराएका छन् । उनको खोजी गरिदिन सरकारलाई राउटे समुदायले आग्रह गरेको छ ।

‘वैशाख २५ गतेदेखि जयबहादुर हराएका हुन्,’ उनका दाई प्रकाश शाहीले भने, ‘२४ गते समुदायमा भएको विवाहमा नाँचिरहेका जयबहादुर भोलिपल्टदेखि बेपत्ता भए ।’

उनले भने, ‘गाउँमा विवाह भइरहेको थियो । हाम्रा जनता नाँचिरहेका थिए, त्यसदिन घरमा आउला भनेको आएन, पछि हामीले धेरै ठाउँ खोज्यौं तर पनि उ भेटिएन ।’

हराएका जयबहादुर शाही

उनले सरकारले खोजी गरिदिनुपर्ने माग गरे । ‘हामी खोज्न जान्थ्यौं खर्च छैन, सक्नेजति खोजिसक्यौं,’ उनले भने, ‘हामी पूरा देशमा खोज्न जान्छौं सरकारले खर्च व्यहोर्नुपर्‍यो कि त सरकारले खोजेर पुर्‍याइदियो भने हामी खुशी हुन्छौं ।’

राउटे समुदायको सदस्य नहुँदा उनीहरूको धार्मिक तथा सांस्कृतिक क्रियाकलाप गर्नमा बाधा आउँछ । पूजा, विवाह जस्ता कार्य गर्नका लागि जीवित सबै सदस्य अनिवार्य उपस्थित हुनुपर्ने परम्परा रहेको प्रकाशले जानकारी दिए । 

हालसम्म राउटे समुदायबाट उनीबाहेक कोही पनि नहराएको प्रकाशको भनाई छ । जयबहादुर भने योसहित ३ पटक हराइसकेका छन् । उनी पहिलोपटक हराउँदा १ महिनामा भेटिएका थिए भने दोस्रो पटक १४ दिनपछि भेटिएका थिए । यसपटक उनलाई खोज्न सुर्खेतका विभिन्न ठाउँसँगै नेपालगञ्जसम्म पुगेको उनका दाई प्रकाशले बताए ।

यसअघि सुर्खेतको गुर्भाकोट नगरपालिकास्थित गुमीको जंगलमा बस्दै आएका राउटे समुदाय जेठ १७ गतेमात्र दैलेखको गोगनपानीमा बसाइँ सरेका थिए । त्यस समुदायमा हाल १४५ जना सदस्य छन् ।

salt training

कमेन्ट गर्नुहोस्