३१ जेठ २०८३, आइतबार

सडक डिभिजन पोखराका प्रमुख ९ लाख नगदसहित पक्राउ

सडक डिभिजन पोखराका प्रमुख ९ लाख नगदसहित पक्राउ
प्रतिकात्मक तस्वीर

कास्की – डिभिजन सडक कार्यालय पोखराका प्रमुख एवं डिभिजन इञ्जिनीयर हरिकुमार पोखरेलसहित २ जनालार्ई अख्तियार टोलीले पक्राउ गरेको छ ।

अख्तियार पोखराको टोलीले बिहीवार साँझ पोखरेलसहित कार्यालयका इञ्जिनीयर पवित्रमणि आचार्यलाई नगद ९ लाख रुपैयाँसहित पक्राउ गरेको अख्तियार स्रोतले बताएको छ ।

आयोग पोखराका प्रमुख काशीराज दाहालले सडक डिभिजन कार्यालय पोखराका प्रमुखसहितलाई पक्राउ गरिएको पुष्टि गरे ।

सडक कार्यालय पोखराअन्तर्गत सडक निर्माणको ठेक्का मिलाइदिने भनी पोखरेलले आफ्नै निवासमा निर्माण व्यवसायी ऋषि आचार्यसँग रकम बुझ्दै गरेको अवस्थामा उनीहरू पक्राउ परेको अख्तियार स्रोतले बताएको छ ।

प्रमुख दाहालले पक्राउ परेको पुष्टि गरे पनि रकम भने यकिन हुन बाँकी रहेको बताए । ‘अख्तियार टोलीले सडक कार्यालय पोखराका प्रमुखसहितलाई पक्राउ गरेको सत्य हो । अहिले अनुसन्धानकै क्रममा रहेकाले सबै कुरा सार्वजनिक गर्न मिल्दैन,’ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्