१२ असार २०८३, शुक्रबार

घरपालुवा कुकुर खाइदिएको रिसमा यी व्यक्तिले विष दिएर मारे तीन चितुवा

घरपालुवा कुकुर खाइदिएको रिसमा यी व्यक्तिले विष दिएर मारे तीन चितुवा

काठमाडौं – भारतको उत्तराखण्डमा रहेको लालधङ गाउँमा एक व्यक्तिलाई वन विभागले बिहीवार पक्राउ गरेको छ । उनीमाथि गत साता शिवालिकमा तीनवटा चितुवा मारेको आरोप छ । 

चितुवाले आफ्नो घरपालुवा कुकुर खाइदिएकाले बदला लिनका लागि उनले चितुवाहरूलाई विष दिएको प्रहरीको भनाइ छ । 

चितुवाहरूको शरीरमा बाहिरी निशान नभएकाले उनीहरूलाई ब्याक्टेरिया वा भाइरसको संक्रमण नभएको र यो विशुद्ध प्रतिशोधात्मक हत्या भएको वन अधिकारीहरूको भनाइ छ ।

‘आरोपितको नाम सुखपाल हो र उनले आफ्ना दुई कुकुरमध्ये एकलाई चितुवाहरूले लगेको अनि छाउरो चाहिँ आक्रमणमा गम्भीर घाइते भएको बताए । छाउरो पनि मरेपछि उनले त्यसको शरीरमा कीटनाशक छर्के र जंगलमा लगेर फाले,’ राजाजी राष्ट्रिय निकुञ्जका निर्देशक पीके पात्रोले बताए । 

सोमवार तीनवटा चितुवाका लाश हरिद्वार, लान्सडाउन र राजाजी वन क्षेत्रमा अधिकारीहरूले बरामद गरे । चितुवाहरूको रहस्यमयी मृत्यु संयोग मात्र नभई प्रतिशोध हत्या भएको प्रथम दृष्टिमै देखिएको अधिकारीहरूले बताए ।

शवपरीक्षण गर्दा तीनैवटा चितुवाको आन्द्रामा छाउरोका कपाल र नरम हाड भेटिएपछि वन अधिकारीहरूले चितुवाहरूलाई विषालु मासु कसैले खुवाएको निष्कर्ष निकाले । 

सुखपालमाथि शंका गरी अधिकारीहरूले केरकार गर्दा उनले अपराध सकारे । 

सुखपाललाई वन्यजन्तु संरक्षण ऐन १९७२ को दफा ५१ अन्तर्गत बुधवार मजिस्ट्रेट समक्ष पेश गरियो । उनलाई १२ दिन म्याद थप गरी अनुसन्धानका लागि थुनामा राख्न वन विभागलाई निर्देशन दिइएको छ । यसमा चोरीशिकारीको कोण पनि हेरिएको छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्