०९ असार २०८३, मंगलबार

भारतलाई हिन्दू राष्ट्र बनाउनका लागि मोहन भागवतलाई राष्ट्रपति बनाउन शिवसेनाको आग्रह

कात्तिक २०, २०७४
भारतलाई हिन्दू राष्ट्र बनाउनका लागि मोहन भागवतलाई राष्ट्रपति बनाउन शिवसेनाको आग्रह
काठमाडौं, १५ चैत — भारतको आगामी राष्ट्रपतिका लागि शिवसेना पार्टीले राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का प्रमुख मोहन भागवतको नाम अघि सारेको छ ।


पार्टीका सांसद सञ्जय राउतले भारतलाई हिन्दूराष्ट्र बनाउनका लागि भागवतलाई राष्ट्रपति बनाउनु राम्रो हुने बताए ।
बहालवाला राष्ट्रपति प्रणव मुखर्जीको कार्यकाल यही जुलाई महिनामा सकिँदैछ ।

राउतले भने, ‘यो देशको सबभन्दा ठूलो पद हो । यसमा स्वच्छ छवि भएको व्यक्ति मात्र बस्न सक्छ । त्यसैले भागवतलाई राष्ट्रपति बनाउने विषयमा चर्चा चलेको हामीले सुनेका छौं ।’

प्रधानमन्त्री नरेन्द्र मोदीले गुडी पडवा पर्वको अवसरमा शिवसेना प्रमुख उद्धव ठाकरेसमेत एनडीएका सहयोगी पार्टीहरूलाई डिनरमा बोलाएका छन् ।

यही अवसरमा राष्ट्रपति चुनावको रणनीति पनि तयार पारिने बताइएको छ ।

सञ्चारमाध्यमहरूमा आएअनुसार भाजपाका एक वरिष्ठ नेताले लालकृष्ण आडवाणी, सुमित्रा महाजन, सुष्मा स्वराज र झारखण्डकी गभर्नर द्रौपदी मुरमुको नाममा सहमति बन्ने सम्भावना छ ।

दैनिक भास्करबाट

salt training

कमेन्ट गर्नुहोस्