२८ जेठ २०८३, बिहीबार

वनमन्त्री बस्नेतद्वारा पशुपति क्षेत्रमा वृक्षारोपण

वनमन्त्री बस्नेतद्वारा पशुपति क्षेत्रमा वृक्षारोपण

काठमाडौं – विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको पर्यावरणीय संरक्षणको उद्देश्यले शुक्रवार पशुपतिस्थित कैलाश क्षेत्रमा वृक्षारोपण गरिएको छ । 

भूसंरक्षण दिवसका अवसरमा सो क्षेत्रमा वन तथा वातावरण मन्त्रालय, लायन्स क्लब अफ काठमाडौं न्यू वेभ्स र पशुपति क्षेत्र विकास कोषको सहकार्यमा वृक्षारोपण गरिएको मन्त्रालयले जनाएको छ । 

कार्यक्रममा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले पशुपति क्षेत्रको पर्यावरणीय संरक्षण र सुरक्षाका लागि सरकार प्रतिवद्ध रहेको बताउँदै वातावरणीय दुष्प्रभावबाट जोगिन सरकार, सरोकारवाला र आमजनताबीच सहकार्य हुनुपर्नेमा जोड दिए ।

त्यस अवसरमा समीलगायत विभिन्न प्रजातिका २०० भन्दा बढी बिरुवा रोपिएको थियो । कोषको सचिवालयका प्रमुख प्रशासकीय अधिकृत गौरीशंकर पराजुलीले रोपिएका बिरुवाको संरक्षण कोषले गर्ने जानकारी दिए ।

सरकारले चालू आर्थिक वर्षलाई वृक्षारोपण वर्षका रुपमा घोषणा गरी यस अवधिमा मुलुकभर एक नेपाली एक फलफूलका बिरुवासहित कम्तीमा ५ करोड बिरुवा रोपण गरी हुर्काउने महाअभियान सञ्चालन गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्