×

NMB BANK
NIC ASIA

ललितपुरवासीले पनि अब मास्क लगाउनु नपर्ने, भित्रिए २ ब्रुमर [भिडियोसहित]

साउन २४, २०७६

NTC
Premier Steels

काठमाडौँ - ललितपुर महानगरपालिकाले दुई वटा ब्रुमर र दुईवटै पानी ट्यांकर शुक्रवार (आज)बाट सञ्चालनमा ल्याएको छ ।

Muktinath Bank

महानगरले हिलो र धुलो मुक्त महानगर बनाउने अभियानमा दुई इटालीयन ब्रुमर र २ पानी टयांकर सञ्चालनमा ल्याएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

टेण्डर प्रक्रियाद्वारा महानगरले खरिद गरेको ब्रुमर र पानी ट्यांकर यही साउन १० गते महानगरपालिकामा ल्याइएको थियो । इटालियन कम्पनीको म्याक्रोको एम–६० मोडलको ब्रुमर ४ करोड ४८ लाखमा दुईवटा खरिद गरिएको हो ।


Advertisment
Nabil box
Kumari

यसको इन्जीनको क्षमता भने १ सय १० किलोवाटको छ । यसको हुपरको क्षमता ६० मिटरको छ । यसले स–साना धुलोहरु संकलन गर्ने महानगरका वरिष्ठ अधिकृत सागर थापाले बताए ।

Vianet communication

ब्रुमरबाट कुपन्डोलदेखि पुलचोक, जावलाखेल हुँदै लगनखेलसम्म सरसफाई गर्ने महानगरले जनाएको छ । आवश्यक परेमा महानगरको भित्री बाटोमा पनि सरसफाइ गरिने महानगरले जनाएको छ । डिजेलबाट चल्ने ब्रुमरको ६ सय २० लिटर पानी र ६ घनमिटर धुलो भण्डारण गर्ने क्षमता रहेको छ ।

ब्रुमरको अगाडि, दायाँबाँया र बीचमा गरेर ४ वटा ब्रस तथा पछाडि एउटा भ्याकुम रहेको छ । ब्रुमर सञ्चालनका लागि महानगरका ५ जना प्राविधिकहरुलाई सात दिनको तालिम समेत दिइएको छ ।

२ पानी ट्रयांकर भने महानगरले ६२ लाख ९० हजारमा भ्याट रकमसहित किनेको हो । भारतमा बनेको १०१० मोडेलको टाटाको एलपीटिको क्षमता ९३ दशमलव २ किलोवाट रहेको छ । उक्त पानी ट्यांकरले ६ हजार लिटर पानी भण्डारण गर्न सक्छ ।

हेर्नुहोस् भिडियो -

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x