२७ असार २०८३, शनिबार

राप्रपाले सक्यो ६० जिल्ला विस्तारित बैठक

कात्तिक २०, २०७४
राप्रपाले सक्यो ६० जिल्ला विस्तारित बैठक

काठमाडौँ, १५ चैत– राष्ट्रिय प्रजातन्त्र पार्टीले देशका करिब ६० जिल्लामा विस्तारित बैठक सम्पन्न गरेको छ ।

पार्टीको सङ्गठन सुदृढीकरणका लागि देशैभर गर्ने उद्देश्यले यही चैतको ७ गतेदेखि सम्बन्धित जिल्ला कार्य समितिले आफ्नो अनकुलतामा वैठक सुरु गरेको हो ।

तीन दिनभित्र देशैभर सम्पन्न गर्ने योजना राखिएको भएपनि पछिल्लो समय निर्वाचन आयोगले पार्टीको विधानबाट संवैधानिक राजसंस्था र हिन्दू राष्ट्र हटाउनका लागि निर्णय गरेपछि विस्तारित बैठक समेत प्रभावित भएको हो ।

देशैभर निर्वाचन आयोगका कार्यालयमा विरोध प्रदर्शनका कार्यक्रममा तथा सो विषयमा स्थानीय जनतालाई सूचना र सन्देश प्रवाहका आवश्यक गृहकार्य गर्न परेकाले पनि केही जिल्लामा बैठक हुन बाँकी रहेको बताइएको छ ।

पार्टीका नेता राजाराम श्रेष्ठका अनुसार नयाँ संरचनाअनुसार वडा, गाउँ र नगरका विभिन्न एकाइलाई समायोजन गर्ने क्षेत्राधिकार सो बैठकलाई दिइएको थियो ।

आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि स्थानीय जनतासँग समन्वय र सहकार्य गर्नका लागि रणनीतिक योजना निर्माण गर्ने विषयमा पनि बैठकमा छलफल गरिएको छ ।

निर्वाचनका लागि उम्मेदवार बन्नका लागि चाहिने मापदण्ड तथा पार्टीका नेता र कार्यकर्ताले स्थानीय तहमा पारेको प्रभावका आधारमा पनि मूल्याङ्कन गरिनेछ ।

पार्टीलाई विजय निश्चित गराउन विस्तारित बैठकअन्तर्गत केही जिल्लामा कार्यकर्ता भेला समेत गराइएको थियो । बाँकी रहेका १५ जिल्लामा एक साताभित्र बैठक सम्पन्न गरिने बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्