०९ असार २०८३, मंगलबार

सेनाको कल्याणकारी कोषमा ४४ अर्ब, आम्दानीको मुख्य स्रोत शान्ति सेना

सेनाको कल्याणकारी कोषमा ४४ अर्ब, आम्दानीको मुख्य स्रोत शान्ति सेना

काठमाडौं - नेपाली सेनाले आफ्नो कल्याणकारी कोषमा ४४ अर्ब २१ करोड ९० लाख रुपैँया रहेको जानकारी दिएको छ ।

आर्थिक वर्ष २०७५/७६को आर्थिक गतिविधिका बारेमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलन सेनाले कार्यक्रममा अघिल्लो आर्थिक वर्षमा ३५ अर्व ७७ कारेड २४ लाख गरहेको कल्याणकारी कोषको रकम यो बर्षमा २ अर्व ८० करोड ३६ लाखले वृद्धि भएर ३८ अर्ब ५७ करोड ६० लाख पुगेको जानकारी दिएको हो ।

कोषले विभिन्न निकायहरूबाट गरेको लगानी ५ अर्ब ६४ करोड समेतलाई जोडेर सैनिक कल्याणकारी कोषको यथार्थ सम्पत्ति ४४ अर्ब २१ करोड ९० लाख ४० हजार पुगेको पत्रकार सम्मेलनमा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

सैनिक कल्याणकारी कोष र अन्तर्गतका निकायहरूको फर्छ्यौंट गर्न बाँकी बेरुजु ५० करोड २३ लाख ७६ हजार रहेकोमा २०७५ असार मसान्तसम्म ३० करोड ४० लाख ७३ हजार फर्छ्यौट गरेको छ ।

कल्याणकारी कोषले शान्ति सेनामा भाग लिएबापत हुने रकम, बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप गरिएको रकमबापत प्राप्त हुने ब्याज, नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान, विद्यालय, महाविद्यालयहरूको शिक्षण शुल्क, परिवार आवस भाडाबापत प्राप्त हुने रकम, चुनाचुरी इमर्सन प्लाण्ट, रिपूमर्दिनी अक्सिजन प्लाण्ट लगायतका क्षेत्रबाट आफ्नो कोषमा रकम जुटाउँदै  आएको छ ।

यो कोष सैनिक ऐन २०६३ र सैनिक कल्याणकारी कोष नियमावली २०६५ अन्तरर्गत सञ्चालित छ ।

२०३२ सालमा स्थापना भएको कल्याणकारी कोष १ करोड २४ लाख १ हजारबाट शुरुवात भएको सेनाले जनाएको छ ।

निशुल्क स्वास्थ्य

कोषले वि.सं. २०३४ साल देखि सैनिकका बहालवाला परिवार तथा अवकाश प्राप्त सैनिक र तिनका आश्रित परिवाहरुलाई निःशुल्क स्वास्थ्य उपचार सुविधा उपलब्ध गराउँदै आएको छ ।

प्रत्येक परिवारलाई वर्षमा १ लाख १० हजार सम्मको स्वास्थ्य उपचार खर्च कल्याणकारी कोषबाट व्यहोर्दे आएको छ । भने गम्भीर प्रकारका रोग लागेमा कोषबाट रु १० लाखसम्मको उपचार खर्च व्यहोर्दै आएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

 एक वर्षमा सेनाका परिवारमध्येबाट ४ लाख जनाले निःशुल्क उपचार सेवा पाएका छन, १ हजार ९१ जना गैह्र सैनिकले पनि स्वास्थ्य सेवा पाएको सेनाले जनाएको छ ।

२५ लाख सम्म शैक्षिक कर्जा

 कल्याणकारी कोषमार्फत स्वदेश तथा विदेशमा अध्ययन गर्न जाने बहालवाला सेना तथा अवकाशप्राप्त सैनिकका छोराछोरीले चिकित्साशास्त्र, ईन्जिनियरिङ, सूचना प्रविधि, कृषि, पशु विज्ञान तथा वन विज्ञान संकायमा स्नातक तहको अध्ययनको लागि ‘सैनिक सन्तति प्राविधिक शिक्षण सुहलियत कर्जा’बाट २५ लाखसम्मको ५ प्रतिशत व्याजमा कर्जा उपलब्ध गराउँदै आएको छ ।

सैनिकका छोराछोरीलाई दिँदै आएको वार्षिक १० हजार छात्रवृत्तिलाई बढाएर अहिले २० हजार पुर्‍याएको छ । अहिले सम्म २१ हजार ४ सय ६८ जना सैनिकका छोराछोरीलाई २१ करोड ६४ बराबरको कर्जा उपलब्ध गराएको छ ।

salt training

कमेन्ट गर्नुहोस्