०२ असार २०८३, मंगलबार

गाँजा सेवनले घरेलु हिँसा बढेको भन्दै २ सय ६५ रोपनीमा लगाइएको गाँजा नष्ट

गाँजा सेवनले घरेलु हिँसा बढेको भन्दै २ सय ६५ रोपनीमा लगाइएको गाँजा नष्ट
प्रतीकात्मक तस्वीर

काठमाडौँ - प्रहरीले तीन महिनाको अवधिमा दुई सय ६५ रोपनीमा लगाइएको गाँजा नष्ट गरेको छ ।

जिल्लाको बडीमालिका नगरपालिका, बूढीनन्दा नगरपालिका, खप्तड छेडेदह गाउँपालिका र जगन्नाथ गाउँपालिकाका विभिन्न ठाउँमा गाँजा फडानी गरिएको हो ।

प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटका अनुसार बडिमालिका नगरपालिका–१ पाटामा मात्र १४ रोपनीमा लगाइएको गाँजा नष्ट गरिएको छ ।

गाँजा सेवनका कारण घरेलु हिंसाका घटना बढ्दै गएपछि प्रहरीले गाँजा फडानी अभियान चलाएको हो । प्रहरी नायब उपरीक्षक भाटले नेतृत्व गरेको टोलीले बडीमालिका नगरपालिकाको रापक, बिरेखोला, पानीनाउलालगायत ३५ रोपनी खेतीयोग्य जग्गामा रहेको गाँजा नष्ट गरेको छ ।

'अपराध नियन्त्रणका लागि प्रहरी सक्रियताका साथ काम गरिरहेको छ,' उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्