१९ असार २०८३, शुक्रबार

मुख्यमन्त्री राईद्वारा रंगशाला निर्माणमा जोड

मुख्यमन्त्री राईद्वारा रंगशाला निर्माणमा जोड
फाइल फोटो

दमक – १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले झापाको कमल गाउँपालिका–५ लखनपुरमा सुविधासम्पन्न रंगशाला निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले सो क्षेत्रमा आदिवासी स्मृति उद्यान सहितको संग्रहालय बनाउन सबै पक्ष गम्भीर हुनुपर्ने बताए ।

‘उद्यान र संग्रहालय बनाउन कुनै दुविधा छैन,’ २५ औं अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले भने । मुख्यमन्त्री राईले निर्माणाधीन रंगशालालाई थप व्यवस्थित बनाउनुपर्नेमा जोड दिए ।

उद्यान, संग्रहालयलगायत संरचना निर्माणका लागि प्रदेश सरकारले चालू आर्थिक वर्षमा २ करोड विनियोजन गरेको उनले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्