१० असार २०८३, बुधबार

जलविद्युत्मा लगानी गर्न सैनिक ऐन संशोधनको तयारी

साउन २५, २०७६
जलविद्युत्मा लगानी गर्न सैनिक ऐन संशोधनको तयारी

काठमाडौं – नेपाली सेनाले जलविद्युत् परियोजनामा लगानी गर्न सैनिक ऐन–२०६३ संशोधनको तयारी गरेको छ ।

ऐन संशोधनपछि सेनालाई प्रवद्र्धकका रूपमा परियोजनामा लगानी गर्न बाटो खुला हुनेछ ।

सेनाको कानून विभाग प्रमुख उपरथी रत्नप्रकाश थापाले जलविद्युत परियोजनामा नेपाली सेना प्रवद्र्धक बनेर लगानी गर्नसक्ने गरी सैनिक ऐन–२०६३ संशोधनको तयारी भइरहेको जानकारी दिए । सरकारले सेनालाई २ वटा परियोजनामा लगानी गर्न सुझाएको छ । 

सरकारले सैनिक कल्याणकारी कोषको लगानीबाट मनाङको भीमदाङ र लमजुङको दूधखोला जलविद्युत् परियोजना निर्माणको जिम्मा सेनालाई दिने तयारी गरेको छ । सेनाले पनि प्रवद्र्धकको रूपमा जलविद्युत् परियोजनामा लगानी गर्न चासो देखाएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्