२८ जेठ २०८३, बिहीबार

विप्लव समूहका जनसांस्कृत महासंघ महासचिव खेम थपलिया पुतलीसडकबाट पक्राउ

विप्लव समूहका जनसांस्कृत महासंघ महासचिव खेम थपलिया पुतलीसडकबाट पक्राउ

काठमाडौं– काठमाडौंको पुतलीसडकबाट नेत्रविक्रम चन्द समूहको नेपाल जनसांस्कृतिक महासङ्घका महासचिव खेम थपलियालाई आज प्रहरीले पक्राउ गरेको छ ।

उनलाई आफ्नै कोठाबाट आज अपराह्न पक्राउ गरी थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा राखिएको प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।

चन्द समूहलाई विध्वंशकारी क्रियाकलापमा संलग्न रहेको भन्दै सरकारले गत फागुनदेखि उसका गतिविधिमा रोक लगाएको थियो ।

पछिल्लो समयमा चन्द समूहका उच्च नेतासहित झण्डै ६०० लाई प्रहरीले पक्राउ गरिसकेको छ भने कतिपय नेताहरूले समूह परित्यागको घोषणा गरेका छन् । 

यसैबीच प्रगतिशील लेखक सङ्घले आज एक विज्ञप्ति जारी गरी पक्राउ गरेको घटनाको भत्र्सना गरेको छ ।

जारी विज्ञप्तिमा वार्ता र संवादको माध्यामबाट राजनीतिकरूपमा समस्याको समाधान गर्नसमेत माग गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्