
मुगु, १५ चैत – आगामी वर्षको वैशाख ३१ मा हुने स्थानीय निर्वाचनको चहलपहल मुगुमा पनि शुरु भएको छ । स्थानीय तहको निर्वाचनमा कांग्रेस, एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाका सम्भावित उम्मेदवारले पार्टीभित्र आन्तरिक र मतदातासँगको भेटघाट तीव्र बनाएका छन् ।
मुगुको एकमात्र छायाँनाथ रारा नगरपालिकामा कांग्रेसका तर्फबाट मेयरमा तिलकबहादुर मल्ल, हरिजंग शाही, ऐनबहादुर हमाल, जयबहादुर हितान, गजेन्द्र मल्लमध्येबाट उम्मेदवार बन्ने स्थानीय नेताहरू बताउँछन् । उपमेयरका लागि कांग्रेसकी सूर्यदेवी मल्ल, राज्यलक्ष्मी शाही, धनशीला मल्ल, जनकला मल्लको नाम चर्चामा छ ।
नेकपा एमालेका तर्फबाट मेयरमा जितबहादुर मल्ल, डम्बर रावल र दानसिंह परियार सम्भावित उम्मेदवारको रूपमा देखापरेका छन् उपमेयरमा कुञ्जुमा बुढा, गौरीकला चौलागाईं र कर्णशीला मल्लमध्ये एक उम्मेदवार बन्ने एमालेका स्थानीय नेताहरू बताउँछन् ।
नेकपा माओवादी केन्द्रका तर्फबाट मेयरमा केवल मल्ल, सन्तोष मल्ल, र सुरबहादुर बुढाको नाम चर्चामा छ । राप्रपाका डिलविक्रम मल्ल र जनकबहादुर मल्लको नाम मेयरको उम्मेदवारको रूपमा चर्चामा छ ।
जिल्लामा तीनवटा गाउँपालिका छन् । तीमध्ये सोरु गाउ“पालिकाको अध्यक्ष पदमा कांग्रेस पार्टीको तर्फबाट लोकबहादुर शाही, देवीलाल मल्ल, केशर शाही, दानबहादुर शाही, सिंह धामी सम्भावित उम्मेदवारमा चर्चामा छन् ।
एमालेका तर्फबाट धर्मबहादुर शाही, अशोक लाल बुमी, दलबहादुर शाही, जर्मन नेपाली, जनकबहादुर शाहीको नाम चर्चामा छ । नेकपा माओवादी केन्द्रका तर्फबाट पुरन शाही (आनन्द) तथा राप्रपाका तर्फबाट भक्तबहादुर शाही अध्यक्ष पदमा लड्ने भएका छन् ।
खत्याड गाउ“पालिकाको अध्यक्षका लागि कांग्रेसबाट जन्मजय भण्डारी, लोकेन्द्र थापा, रतनबहादुर शाही र नवराज जैसीको नाम चर्चामा छ । एमालेका तर्फबाट अम्मराज शाही, हिराटमटा उब्जन शाही, राजबहादुर शाही, चन्दु बुढाको नाम र्चामा छ । माओवादीकै तर्फबाट मदन रोकाया र बिर्खबहादुर थापा (मानव प्रकाश)को नाम चर्चामा छ ।
मुगुको कार्मारोङ गाउ“पालिमा कांग्रेसको तर्फबाट छिरिङक्याप्ने लामा, एमालेबाट सोनाम छिरिङ लामा र पूर्णबहादुर रोकाया तथा माओवादी केन्द्रका तर्फबाट इटोल लामा सम्भावित उम्मेदवारको रूपमा चर्चामा छन् ।
स्थानीय तहको निर्वाचनका लागि वडादेखि नगरपालिकासम्म कांग्रेस, एमाले, नेकपा माओवादी केन्द्रका नेताहरूको दौडधुपले चुनावी सरगर्मी बढेको छ । जिल्ला निर्वाचन कार्यालयले पनि स्थानीय तहको निर्वाचनका लागि तयारीमा जुटेको जनाएको छ ।
पछिल्लो तथ्यांकअनुसार मुगुमा मतदाता संख्या बढेर २९ हजार ८ सय ३३ पुगेको छ । १४ हजार ३२ जना महिला र १५ हजार ८ सय पुरुष मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी राजीमान बुढाले जानकारी दिए ।