काठमाडौं, १५ चैत– काडमाडौंको धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले यहि चैत २० गतेदेखी २५ गतेसम्म निःशुल्क पित्त थैलिको पत्थरी परीक्षण शिविर सञ्चालन गर्ने भएको छ ।
पछिल्लो समय नेपालमा पित्ता थैलीमा पत्थरी हुने विरामीको संख्या बढ्दै गएपछि अस्पतालले रोगको परीक्षणका लागि निःशुल्क शिविर आयोजना गरेको हो ।
हाल बिश्वको कुल जनसंख्याको लगभग १० प्रतिशत मानिसमा पित्त थैलीमा पत्थरी देखिन्छ । नेपालमा यस रोगको तथ्याङ्क नभएपनि कुल जनसंख्याको १० देखी १५ प्रतिशतमा पित्त थैलीको पत्थरी हुने सक्ने अनुमान गरिन्छ ।
यो रोग हरेक उमेर समूहमा देखिएपनि ३० देखी ४० वर्षको उमेरमा तुलनात्मक रुपमा धेरै देखिने गरेको छ । विभिन्न अध्ययन तथा अनुसन्धानहरुका अनुसार यो रोगबाट पीडित हुने पुरुषहरुको तुलनामा महिलाहरुको संख्या बढी छ ।
मोटोपना, मधुमेह, धैरै तौल घट्नु, निरन्तर ब्रत बस्नु, रक्तअल्पता, गर्भनिरोधक चक्कीको बढी सेवन लगायतका कारणले पित्ता थैलीमा पत्थरी हुने गरेको चिकित्सकहरु बताउँछन् ।
ग्राण्डी अस्पतालले सञ्चालन गर्ने शिविरमा निःशुल्करुपमा अल्ट्रासाउण्डद्वारा पित्त थैलीको पत्थरी परीक्षण, निःशुल्क सर्जनसँगको परामर्ष सहित सुलभ शुक्लमा पित्त थैलिको पत्थरीको शल्यृकृया हुने छ । शिविर अन्तर्गतको प्याकेजमा ‘प्रि अपरेटिभ जाँच’, यस समबन्धी बिभिन्न परीक्षणहरु, अस्पताल भर्ना र शल्येकृया समाबेश गरीएको अस्पतालले जनाएको छ ।