![रातको समयमा यसरी जलाइयो गाउँपालिका अध्यक्षको गाडी [फोटो]](https://lktcdn2.prixacdn.net/media/Vehicle_Fire_2_oYtD6DBPnd.jpg)
बुटवल– कपिलवस्तुमा जनप्रतिनिधिको गाडीमा आगजनी भएको छ ।
मायादेवी गाउँपालिकाका अध्यक्ष बजरंगी चौधरी चढ्ने लु १ झ ४०० नम्बरको गाडीमा शनिवार राति १० बजेको समयमा आफ्नै डेरा अगाडि तौलिहवामा राखिरहेको अवस्थामा अज्ञात समूहले आगजनी गरेको हो ।

आगजनी गर्नेको खोजी कार्य तीव्र बनाइएको कपिलवस्तु प्रहरी प्रमुख दीप शमरेश राणाले लोकान्तरलाई जानकारी दिए ।
‘भूमिगत समूहले आगजनी गरेको होलाजस्तो देखिन्छ । दाङमा पनि यस्तै घटना घटाएका छन् हामीले खोजी कार्य तीव्र बनाएका छौं,’ राणाले भने ।
आगजनी किन र कसले गरेको भन्नेबारे आफूलाई कुनै जानकारी नभएको अध्यक्ष कुर्मीले बताए ।
