२७ असार २०८३, शनिबार

बिरुवा संरक्षण विधेयकको छलफल प्रस्ताव स्वीकृत

बिरुवा संरक्षण विधेयकको छलफल प्रस्ताव स्वीकृत
फाइल फोटो

प्रतिनिधिसभाको बैठकमा बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । 

कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले सभाको आजको बैठकमा उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद अमरेशकुमार सिंहले बिरुवा मास्ने, जङ्गल फँडानी गर्ने जस्ता काम बढिरहेकाले त्यसलाई नियन्त्रण गरिनुपर्ने बताए ।  

त्यस्तै सांसद गजेन्द्रबहादुर महतले कर्णालीमा स्याउका नयाँ बिरुवा चाहिएकाले व्यवस्था गर्न माग गरे ।   सांसद प्रेम सुवालले कृषिका बारेमा अनुसन्धान गर्न स्थापित नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले उपयोगी अनुसन्धानको काम गर्न नसकेको बताए । 

सांसद प्रमोद साहले बिरुवा र जङ्गलको संरक्षणमा विशेष ध्यान दिन माग गरे । सांसदले छलफलका क्रममा उठाएका प्रश्नको जवाफमा मन्त्री खनालले नार्कले बिरुवामा लाग्ने रोगका सम्बन्धमा अध्ययन गरिरहेको जानकारी गराउँदै बिरुवा संरक्षणका लागि एकीकृत योजना बनाउने तयारी गरिएको सुनाए । 

salt training

कमेन्ट गर्नुहोस्