०२ असार २०८३, मंगलबार

कमल थापाको राप्रपाबाट अलग्गिएका लोहनीले बुधवार पार्टी घोषणा गर्ने, पार्टीको नाम ‘एराप्रपारा’

कात्तिक २०, २०७४
कमल थापाको राप्रपाबाट अलग्गिएका लोहनीले बुधवार पार्टी घोषणा गर्ने, पार्टीको नाम ‘एराप्रपारा’

काठमाडौं, १५ चैत– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका पूर्व राष्ट्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले बुधबार नयाँ पार्टी घोषणा गर्ने भएका छन् । राप्रपा नेपालबाट पहिल्लै अलग्गिएका केशरबहादुर विष्टलाई साथमा लिएर लोहनीले नयाँ पार्टी घोषणा गर्न लागेका हुन् ।

लोहोनीले घोषणा गर्न लागेको नयाँ पार्टीको नाम एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी राखिने जनाइएको छ । पार्टीको चुनाव चिन्ह हलो राख्ने तयारी भएको लोहनीका सहयोगीहरुले जानकारी दिए ।

७१ जनाको केन्द्रीय समिति बनाउने गरी लोहनीले राप्रपाका पुराना नेताहरुसँगको छलफललाई तीब्र बनाएका छन् । पार्टी एकताको समयमा भएको सहमति विपरित पार्टीको चुनाव चिन्ह हलो हटाइएको तथा राप्रपा अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाको एकाधिकार चलेको भन्दै लोहनी राप्रपाबाट अलग्गिका थिए ।

बुधवार सुकेधाराको एसआर क्याटरिङबाट पार्टी घोषणा हुने नेताहरुले जनाएका छन् । पार्टीमा गणेश शेरचनको राप्रपा समानान्तर, केशर बहादुर विष्टको एकीकृत राष्ट्रवादी शक्ति निर्माण अभियान र लोहनीको सहभागिता हुने छ । त्यसअघि बुधवार नै निर्वाचन आयोगमा पार्टी दर्ताका लागि निवेदन दिने तयारी छ ।

salt training

कमेन्ट गर्नुहोस्