काठमाडौं, १५ चैत– एसीसी इमर्जिङ नेशन्स कप क्रिकेट प्रतियोगिता अन्तर्गत आयोजक बंगलादेशसँगको दोस्रो खेलमा नेपालले कमजोर ब्याटिङ गरिरहेको छ ।
बंगलादेशको शेख कमल अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा नेपाल बंगलादेशले दिएको २५८ रनको चुनौति पछ्याइरहेको छ । १०.५ ओभरको खेल सकिँदा नेपालले ३ विकेट गुमाएर ४३ रन मात्र बनाउन सकेको छ ।
नेपालका कप्तान ज्ञानेन्द्र मल्ल ० रनमा आउट भएका छन् । सुनिल धमला पनि १ रन मात्रै बनाएर आउट भए भने आशिफ शेख १२ रनको योगदान दिएर पेभिलियन फर्किएका छन् ।
बंगलादेशका लागि सैफ उद्दिन एक्लैले २ विकेट दिए भने अबुलहसन राजुले १ विकेट लिएका छन् ।
यसअघि सोमबारा पाकिस्तानसँगको पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो ।