०१ असार २०८३, सोमबार

काठमाडौं आइपुग्यो अफगानी टोली

काठमाडौं आइपुग्यो अफगानी टोली
प्रतिकात्मक तस्वीर

काठमाडौं – काठमाडौंमा आयोजना हुने एभीसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगितामा सहभागिता जनाउन अफगानिस्तानको राष्ट्रिय भलिबल टोली मंगलवार नेपाल आइपुगेको छ । 

आगामी भदौ २ देखि ८ गतेसम्म हुने खेलमा सहभागिता जनाउन अफगानिस्तानको राष्ट्रिय भलिबल टोली नेपाल आइपुगेको हो ।

नेपाल भलिबल संघका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अफगानिस्तान टोलीलाई स्वागत गरे ।

नेपालले अफगानिस्तानसँग साउन २९ र ३० गते २ मैत्रीपूर्ण खेल खेल्दैछ । खेल लगनखेलस्थित आर्मीको कभर्डहलमा हुनेछ ।

एभिसी सेन्ट्रल जोनमा आयोजक नेपालसँगै साविक विजेता तुर्कमेनिस्तान, उज्बेकिस्तान, अफगानिस्तान, माल्दिभ्स, कीर्गिस्तान र बंगलादेश गरी ७ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।

च्याम्पियनसिपमा नेपालले ३ वर्षअघि माल्दिभ्समा भएको खेलमा कास्य पदक जितेको थियो । नेपालले हालसम्म अन्तर्राष्ट्रिय भलिबलमा प्राप्त गरेको एकमात्र पदक यसै प्रतियोगितामा हो ।

एभिसी सेन्ट्रल जोन खेल्ने नेपाली भलिबल टोलीको कप्तानीको भूमिका इमबहादुर रानाले निभाउनेछन् । टोलीको अन्य सदस्य खेलाडीमा हरिहजुर थापा, नरेन्द्र गिरी, विशाल विक, राजकुमार निरौला, हरि अधिकारी, दुर्गा खड्का, दीपकराज जोशी, धनबहादुर भट्ट क्षेत्री, राजेन्द्र विष्ट, कुलबहादुर थापा, टेकराज अवस्थी, विनोदबहादुर चन्द र ईश्वर थापा मगर छन् ।

salt training

कमेन्ट गर्नुहोस्