०७ साउन २०८३, बिहीबार

गर्मी लाग्यो, लूबाट यसरी बच्नुस्

कात्तिक २०, २०७४
गर्मी लाग्यो, लूबाट यसरी बच्नुस्
गर्मीको मौसम पनि शुरु भइसकेको छ । गर्मीमा तातो हावा वा लू चलेर मानिसलाई गाह्रो हुन्छ । लू लागेर स्वास्थ्य बिग्रियो भने नडराउनुस्, हामी यहाँ उपाय सुझाउँछौं ।


घाममा हिँड्नुपर्दा लू लाग्ने सम्भावना बढी हुन्छ तर घरमा उपलब्ध कुराहरूले नै लूलाई भगाउन मद्दत गर्छन् ।

गर्मीमा काँचो आँपको रस पिउनुभयो भने लूबाट बच्न सक्नुहुन्छ । काँचो आँपको प्रकृति नै चिसो हुने हो । काँचो आँप पहिला उमाल्नुस् र केही समयका लागि चिसो पानीमा राख्नुस् । अनि यसको खाने भाग निकालेर त्यसमा जीरा, धनियाँ र सक्खर मिसाउनुस् । यो पेस्ट घोलेर दिनको धेरैचोटि पिउनुस् ।

लस्सीमा बीरेनून र धूलो जीरा मिसाएर पिउनुभयो भने पनि लूबाट बाँचिन्छ ।

त्यस्तै तुलसीको पातबाट रस निकालेर त्यसमा चिनी मिसाउनुस् । अनि दिनको धेरैचोटि पिउनुस् ।

आयुर्वेदमा लूबाट बच्न प्याज असरदार हुने कुरा बताइएको छ । यही कारणले गर्दा गर्मीका बेलामा बाहिर निस्कनुपर्दा प्याज बोक्ने प्रचलन रहेको हो ।


चर्को घाममा निस्कनुप–यो भने प्याजको रस कान, छाती र पाइतालामा दल्नुस् । अनि प्याजलाई मसिनो गरी काटेर जीरामा भुटेर खाँदा पनि लूबाट मुक्ति पाइन्छ ।

एजेन्सीको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्