०२ असार २०८३, मंगलबार

करोडभन्दा बढीको नक्कली ग्यारेन्टीपत्र, फन्दामा मन्त्री

साउन २९, २०७६
करोडभन्दा बढीको नक्कली ग्यारेन्टीपत्र, फन्दामा मन्त्री

कर्णाली प्रदेशका भौतिक पूर्वाधारमन्त्री खड्कबहादुर खत्री नक्कली बैंक ज्ञारेन्टी बनाएको अभियोगमा परेका छन् । 

ठेकेदार समेत रहेका खत्रीले १ करोड १० लाख भन्दा बढीको नक्कली ग्यारेन्टीपत्र बनाएको भेटिएको हो । 

उच्च अदालत पाटनले उनलाई तीनदिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको छ । 

खत्रीलगायत ५ जनामाथि बैंकिङ कसुरको अभियोगमा विशेष सरकारी वकिलको कार्यालयले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । 

अरुलाई पक्राउ गरिएपनि मन्त्रीको हकमा केही नगरिएको भन्दै उच्च अदालतले उनलाई त्त्काल झिकाउन आदेश दिएको छ । कान्तिपुर दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्