२९ असार २०८३, सोमबार

सेयर बजारमा तीनपटक सर्किट ब्रेक, ५ प्रतिशतले बजार बढ्दा कारोबार नै बन्द

कात्तिक २०, २०७४
सेयर बजारमा तीनपटक सर्किट ब्रेक, ५ प्रतिशतले बजार बढ्दा कारोबार नै बन्द

काठमाडौं, १५ चैत– साप्ताहिक कारोबारको दोस्रो दिन आज (मंगलबार) सेयर बजारमा तीन पटक सर्किट ब्रेक लागेर बन्द भएको छ । बजार खुल्ने वित्तिकै ३ प्रतिशतले बढेपछि पहिलोपटक सर्किट ब्रेक लागेको थियो । त्यसपछि ११ बजेर ३८ मिनेटमा सुचारु भएको बजार पुनः ४ पतिशतले बढेपछि १ बजेर २६ मिनेटसम्मका लागि बन्द गरियो ।

दुई पटक सर्किट ब्रेक लागेर पुनः सुचारु हुँदा पनि बजार बढ्ने क्रम रोकिएन । पुनः बजार ५ दशमलव १ प्रतिशतले बढेपछि मंगलबारका लागि कारोबार नै रोकिएको छ ।

मंगलबार सेयर बजार परिसूचक नेप्से ७६ दशमलव ७९ अंकले बढेर १६१० दशमलव ६२ विन्दुमा पुगेको छ । यस्तै ‘क’ बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सूचाङ्क (सेन्सिटिभ इन्डेक्स) पनि १७ दशमलव ०२ अंकले बढेर ३५० दशमलव ५० विन्दुमा पुग्यो ।

मंगलबार सेयर बजारका सबै उपसूचकहरु बढेका छन् । सबैभन्दा बढी बिमा समूहको उपसूचक ५०३ दशमलव ११ अंकले बढ्यो ।

मंगलबार समग्र सेयर बजारमा १ अर्ब ३८ करोड ८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्