
धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले साउन ३० गते बिहीवार जनै पूर्णिमा तथा रक्षाबन्धनको अवसरमा सार्वजनिक बिदा दिएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद्को साउन ८ गतेको निर्णय अनुसार जनै पूर्णिमाको दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।
प्रदेश सरकारले भदौ १५ गते थारु समुदायको अट्वारी पर्व, पुस १० गते भुँवा पर्व र माघ १ गते माघे सक्रान्तिको दिन पनि सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।