
सुर्खेत – कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सहभागी कार्यक्रम नजिकै बम विस्फोट भएको छ ।
कालिकोट जिल्लाको पचालझरना गाउँपालिकामा मुख्यमन्त्री शाही सहभागी कार्यक्रम नजिकै २ वटा बम विस्फोट भएका छन् ।
मुख्यमन्त्री शाहीलाई लक्षित गरेर बम विस्फोट गराइएको जनाइएको छ । घटनास्थलमा रहेका नेकपा कार्यकर्ता आशिष सेजवालले कार्यक्रमस्थलबाट २–३ सय मिटर टाढा बम विस्फोट भएकाले कुनै क्षति भने नभएको लोकान्तरलाई जानकारी दिए ।