
काठमाडौं, १५ चैत — बलात्कारपीडित एक महिलाले रक्सीको नशामा लठ्ठ महिलाले बलात्कारको जोखिम बढाउँछन् भन्ने एक न्यायाधीशको भनाइको बचाउ गरेकी छन् ।

मेगान क्लार्क
मेगान क्लार्कलाई बेलायतको म्यानचेस्टरमा रक्सीले मातिएको बेलामा एकजना पुरुषले बलात्कार गरेका थिए ।
अपराधको पुर्पक्ष चलिरहेको बेलामा न्यायाधीशले केही महिलाको रक्सी पिउने बानीले बलात्कारको जोखिम बढाएको बताएकी थिइन् । त्यो टिप्पणीले ठूलै विवाद जन्माएको थियो ।
क्लार्कले भिक्टोरिया डर्बीशायर कार्यक्रममा बोल्दै न्यायाधीशले महिलालाई होशियार हुने बताउनु राम्रो सल्लाह भएको टिप्पणी गरिन् ।
अज्ञात रहने अधिकारलाई पन्छाउँदै टीनएजर क्लार्कले न्यायाधीशको टिप्पणी आफूले सकारात्मक रूपमा लिएको र उनले पीडितलाई नै दोष थुपार्ने काम आफूबाट नभएको बताइन् ।

लिन्ड्से कुशनर
आफ्नो पहिलो अन्तर्वार्तामा क्लार्कले न्यायाधीश आफ्नो ठाउँमा ठीक भएको बताइन् ।
अघिल्लो महिनामा रिकार्डो रोड्रिगेज फोर्टेस गोमेसलाई बलात्कारका लागि दोषी ठहर गरियो ।
बलात्कारमा पर्दा क्लार्कले लागर र भोड्का पिएकी थिइन् अनि पार्टीमा लिइने ड्रग एमिल नाइट्रिट पनि सुँघेकी थिइन् ।

रिकार्डो रोड्रिगेज फोर्टेस गोमेस
पुर्पक्षको अन्त्यमा न्यायाधीश लिन्ड्से कुशनरले महिला न्यायाधीशका रूपमा उनले महिलाहरूलाई बलात्कारीहरूबाट बच्नका लागि रक्सी नपिउन अनुरोध गरेकी थिइन् किनकि प्रायः बलात्कारीहरू नशामा रहेका महिलाप्रति आकर्षित हुन्छन् ।
अन्तिम पुर्पक्षमा न्यायाधीशले महिलाहरूसँग जमीनमा ढल्नेगरी रक्सी पिउने अधिकार भएपनि यस्तो चालाले खतरा पनि निम्तिने बताएकी थिइन् ।
उनको टिप्पणीलाई महिला अभियन्ताहरूले निन्दनीय र दिशाहीन बताएका थिए ।
बीबीसीबाट