
काठमाडौं – बिहीवार सुन तोलामा ७१ हजार ५ सय रुपैयाँ पुगेको छ ।
अघिल्लो दिन ७० हजार ३ सय रुपैयाँ रहेको सुन बिहीवार तोलामा १ हजार २ सय रुपैयाँले बढेको हो ।
तेजाबी सुन ७१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर तोलामा ८४० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।