२४ असार २०८३, बुधबार

एनटिसीको ब्यालेन्स सकिए लोन लिन पाइने

कात्तिक २०, २०७४
एनटिसीको ब्यालेन्स सकिए लोन लिन पाइने

काठमाडौं, १५ चैत- सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकम (एनटिसी)को सीमकार्ड प्रयोग गर्ने ग्राहकका लागि खुसीको खबर छ । अब कुरा गर्दा गर्दै बिचमै ब्यालेन्स सकिए एनटिसीले लोन दिने छ ।

एनटिसीले जीएसम र सीडिएमए प्रिपेड सेवाका ग्राहकलाई लोनवापत ब्यालेन्स उपलब्ध गराउने छ ।  यस सम्बन्धमा नेपाल टेलिकम र हंकङ्गस्थित टियक्सा कम्पनीको नेपाली प्रतिनिधि हेमन्त ट्रेड सेन्टर प्रालीबीच यही चैत्र ६ गते सम्झौता भएको छ ।

जसअनुसार उपभोक्ताले कम्पनीको जीएसएम तथा सीडीएमए प्रिपेड मोबाइलबाट कुरा गर्दागर्दै सकिएको ब्यालेन्समामा लोन रकम उपलब्ध हुनेछ । यस्तै ब्यालेन्स रकम न्यून भए उपभोक्ताले आफूले चोहेको बेला पनि लोन लिन सक्ने छन् ।


यो सुविधा प्रयोग गरे वापत थप कुनै थप शुक्ल या ब्याज तिर्नु पर्ने छैन । उक्त रकम रिचार्ज पछि उपलब्ध हुने ब्यालेन्सबाट काटिने छ ।

उपभोक्ताले चाहेको समयमा कुनै पनि माध्यमबाट रिचार्ज गर्न सम्भव नभएको अवस्थामा यो सुविधा बढी उपयोगी हुने देखिन्छ । यो सुविधा सम्झौता भएको मितिले ५ महिना भित्रमा सञ्चालन गर्ने लक्ष्य रहेको छ ।

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले अहिले पनि आफ्ना उपभोक्तलाई लोन सुविधा प्रदान गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्