२४ असार २०८३, बुधबार

दयाराम परियारको ११ औं स्मृति दिवस मनाइयो

कात्तिक २०, २०७४
दयाराम परियारको ११ औं स्मृति दिवस मनाइयो
काठमाडौं, १५ चैत - राष्ट्रिय मानव अधिकार आयोगको तत्कालिन जनकपुर सम्र्पक कार्यालयमा कार्यरत कर्मचारी दयाराम परियारको सुरक्षाकर्मीको गोली लागि मृत्यू भएको ११ औं स्मृति दिवसको सन्दर्भमा आयोगले आफ्नो वेवसाइटमा परियारको छुट्टै वेव पेज सार्वजनिक लगायतका कार्यक्रम गरेको छ । अध्यक्ष अनूप राज शर्माले स्व. परियारको नाममा तयार गरिएको वेव पेजको सार्वजनिकीकरण गरेका हुन् ।

स्मृति दिवसको सन्दर्भमा आयोगका पदाधिकारी, कर्मचारी, दयाराम परियारका परिवार तथा उपस्थित सहभागीहरुद्वारा स्व. दयाराम परियारको तस्विरमा माल्यार्पण गर्नुका साथै परियारको सम्झनामा एक मिनेट मौन धारण समेत गरिएको थियो । आयोगका माननीय अध्यक्ष शर्माले यस वर्षको स्व. दयाराम परियार स्मृति मानव अधिकार सम्मान पाउने व्यक्तिहरुको नाम घोषणा गरेका थिए ।

छैटौं स्व. दयाराम परियार स्मृति मानव अधिकार सम्मान प्राप्त गर्ने व्यक्तित्वहरुमा दलित तथा भूमिहीन अधिकारको क्षेत्रमा क्रियाशील सिराहाका वलदेव राम र महिला, बालबालिका तथा असहाय अधिकारको क्षेत्रमा क्रियाशील उदयपुरकी नजबुल खान हुन । उनलाई आयोगको स्थापना दिवस २०७४ जेष्ठ १३ गते सम्मानित गरिनेछ । आयोगका अध्यक्ष शर्माले घटनाको एघार वर्ष वितिसक्दा पनि सुरक्षा निकायको कार्यशैलीमा परिवर्तन आउन नसकेको तथा सरकारले दण्डहीनतालाई प्रश्रय दिएको धारणा राखे ।

स्मृति दिवसको सन्दर्भमा स्व. दयाराम परियारका दाजु प्रकाशचन्द्र परियारले दयाराम स्मृति मानव अधिकार लेखन वृत्त, वृत्त चित्रको निर्माण लगायतका कार्यहरु गर्नुपर्ने सुझाव दिएका थिए । कार्यक्रममा आयोगका सदस्यहरु सुदिप पाठक, मोहना अन्सारी, उपनिर्देशक यज्ञ प्रसाद अधिकारी, मानव अधिकार अधिकृत हरि प्रसाद ज्ञवाली, श्रद्धाञ्जली मन्तव्य राखेको प्रवक्ता मोहना अन्सारीले जानकारी दिइन् ।

salt training

कमेन्ट गर्नुहोस्