२३ जेठ २०८३, शनिबार

स्थानीय निर्वाचनमा १०७ वर्षका उम्मेदवार !

कात्तिक २०, २०७४
स्थानीय निर्वाचनमा १०७ वर्षका उम्मेदवार !

काठमाडौं, १५ चैत — इरानको उत्तरपश्चिम क्षेत्रमा एकजना व्यक्तिले स्थानीय परिषद्को उम्मेदवारका रूपमा चुनाव लड्नका लागि नाम दर्ता गर्न आएर निर्वाचन अधिकारीहरूलाई छक्क पारेका छन् । उनले आफ्नो उमेर १०७ वर्ष बताए ।


फेइजोल्लाह फातीले दिवानदारे काउन्टी निर्वाचन बोर्डसमक्ष पानजे सोफ्ला गाउँको तीन सदस्यीय परिषदमा चुनाव लडेर जनताको सेवा गर्ने इच्छा व्यक्त गरेका थिए ।

उनकी श्रीमती ७३ वर्षीया जहान अब्दोल्लाहीले पनि चुनाव लड्न खोजेकी छन् ।

फातीलाई स्थानीय गभर्नर जाफर तवानसँग भेटाइयो । तवानले दिवानदारेका बारेमा मानिसलाई सचेत बनाउनका लागि यो राम्रो अवसर रहेको महसूस गरे ।

‘हाम्रो गाउँले सामना गरेको समस्याका बारेमा म जानकार छु र गाउँलेहरू नजिकैको शहरी क्षेत्रतर्फ जान बाध्य छन्,’ फातीले गभर्नरलाई भने । अनि उनले अझ धेरै मानिसलाई स्थानीय परिषदमा उठेर ग्रामीण क्षेत्रको विकासमा मद्दत गर्न आग्रह गरे ।

फाती तथा चुनावमा उम्मेदवारी दर्ता गरेका सबैलाई अधिकारीहरूले परीक्षण गरेपछि मात्र चुनावमा लड्ने मौका दिइनेछ ।

बीबीसीबाट


salt training

कमेन्ट गर्नुहोस्