०५ असार २०८३, शुक्रबार

एनसेलको टावरमा आगजनी, विप्लव समूहमाथि आशंका

एनसेलको टावरमा आगजनी, विप्लव समूहमाथि आशंका
प्रतिकात्मक तस्वीर

तुलसीपुर – दाङमा एनसेलको टावरमा आगजनी भएको छ । गएराति अज्ञात समूहले शान्तिनगर गाउँपालिका–५ रगैँचामा रहेको टावरमाथि आगजनी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार टावरको जेनेरेटर र तारमा क्षति पुगेको छ । टावरमा नेत्रबिक्रम चन्द समूहले आगजनी गरेको हुनसक्ने उनको भनाइ छ ।

यस विषयमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय खिलतपुरको टोली त्यहाँ पुगिसकेको प्रहरी नायब उपरीक्षक शाहले बताए ।

salt training

कमेन्ट गर्नुहोस्