२३ असार २०८३, मंगलबार

अवैध क्लिनिक खोलेर भइरहेको भ्रूण हत्या रोक्न कांग्रेस कोषाध्यक्ष यादवको माग

अवैध क्लिनिक खोलेर भइरहेको भ्रूण हत्या रोक्न कांग्रेस कोषाध्यक्ष यादवको माग
फाइल फोटो

काठमाडौं– देशभर अवैध क्लिनिक खोलेर भइरहेको भ्रूणहत्या रोक्न कांग्रेस कोषाध्यक्ष सीतादेवी यादवले माग गरेकी छन् ।

प्रतिनिधि सभाको मंगलवार बसेको बैठकको शून्य समयमा कांग्रेस सांसद यादवले देशभर महिला हिंसाको घटना भइरहँदा पनि सरकार कानमा तेल हालेर बसेको आरोप लगाएकी हुन् । 

‘शून्य समयमा बोलेको कुराको सुनुवाई हुँदैन भन्ने त सर्वविदितै भइसकेको छ । तर पनि देशभर अवैध क्लिनिक खोलेर भइरहेको भ्रूण हत्या रोक्न सरकारको ध्यानाकर्षण गराउँछु,’ यादवले भनिन् ।

salt training

कमेन्ट गर्नुहोस्