२७ जेठ २०८३, बुधबार

प्रदेशसभाको बैठक भदौ ८ गते बस्ने

प्रदेशसभाको बैठक भदौ ८ गते बस्ने

हेटौंडा – प्रदेश नं ३ प्रदेशसभाको बैठक यही भदौ ८ बजे दिनको २ बजे बस्ने भएको छ ।

उक्त दिन बस्ने बैठकमा सार्वजनिक निजी सहकारी, साझेदारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ र प्रदेश यातायातसम्बन्धी व्यवस्था ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०७६ छलफलका लागि प्रस्तुत गरिने प्रदेशसभा सचिवालयका प्रमुख सचिव रामशरण घिमिरेले जानकारी दिए ।

सोही दिन बस्ने बैठकमा प्रदेश मामिला समिति तथा अन्य समितिबाट पारित भइआएका चार प्रतिवेदन पनि छुट्टाछुट्टै प्रस्तुत गरिने उनले  जानकारी दिए ।

प्रदेश सरकारले ०७६/७७ का लागि गत असार १२ गते प्रस्तुत गरेकोे बजेट पारित गरिएपछि बैठक स्थगित गरिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्