
काठमाडौं – टाउको मुसारिएको एक रहस्यमयी जन्तुको भिडियोले अहिले इन्टरनेटमा बहस निम्त्याएको छ । मानिसहरू यो खरायो हो कि काग हो भन्ने विषयमा विभाजित छन् ।
ओस्लो विश्वविद्यालयमा जैविक मनोविज्ञान विषयका अनुसन्धाता ड्यान किन्तानाले उक्त जन्तुलाई मुसार्दै क्याप्सन लेखे, ‘खरायोहरू नाक मुसारेको मन पराउँछन् ।’
तर यो खरायो नभई काग भएको भनी केही मानिसले गरेको अनुमानका विषयमा किन्तानाले कुनै सम्बोधन गरेनन् । त्यसपछि अनुमानको खेती चल्न थाल्यो ।
यो जन्तु चुच्चो खोलेर मास्तिर हेरिरहेको काग जस्तो पनि देखिन्छ अनि मनोवैज्ञानिकलाई हेरिरहेको खरायो जस्तो पनि देखिन्छ ।
एजेन्सी